चैत्र १७, २०८१
पढ्न लाग्ने समय :

दाङ तुलसीपुरको पर्सेनीमा जेब्राक्रसिङ निर्माण

दाङ, चैत १७ ।  दाङको तुलसीपुर उप–महानगरपालिका–७ स्थित पर्सेनीमा जेब्राक्रसिङ निर्माण गरिएको छ । तुलसीपुर–७ का वडाअध्यक्ष राम बहादुर जिसीको अगुवाईमा आज पर्सेनीका विभिन्न स्थानमा जेब्राक्रसिङ निर्माण गरिएको हो । वडाअध्यक्ष जिसीका अनुसार पर्सेनीको हलवार चोक, यात्रु प्रतिक्षालय नजिकलगाएतका ३ ठाउँमा जेब्राक्रसिङ निर्माण गरिएको छ । विशेषगरी पैदलयात्रीहरुलाई सडक वारपार गर्न सहज होस् भन्ने उदेश्यले जेब्रासिङ निर्माण गरिएको वडाअध्यक्ष जिसीले बताउनुभयो ।

यसले गर्दा सम्भावित दुर्घटना न्युनिकरण हुने अपेक्षासमेत गरिएको उहाँले बताउनुभयो । पर्सेनी टोल विकास संस्थासँगको समन्वयमा आज जेब्राक्रसिङ निर्माण गरिएको हो । सो अवसरमा प्रहरी चौकी पर्सेनीका इन्चार्ज (असई) शिव बिष्ट, हेमन्तपुरका ट्राफिक असई डिल्ली डाँगी, विभिन्न राजनितिक दलका प्रतिनिधि, स्थानिय बासिन्दालगाएतको सहभागिता रहेको थियो ।।

प्रतिक्रिया दिनुहोस्