फाल्गुन १५, २०८१
पढ्न लाग्ने समय :

दाङ तुलसीपुरको बसपार्कमा बसको ठक्करबाट १ जना गम्भिर घाइते

तुलसीपुर, १४ फागुन ।  दाङको तुलसीपुरमा बसको ठक्करबाट एकजना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर–९ बेलुवा निवासी ६५ बर्षीय शिवराज नेपाली रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार बसपार्कबाट अटो भिलेजतर्फ जादै गरेको भे १ ज १३४४ नम्बरको इभि गाडीले बसपार्क न्युरोड नजिकै पैदल हिडिरहेका नेपालीलाई आज दिउँसो पौने ३ बजेको समयमा ठक्कर दिदा दुर्घटना भएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पछी थप उपचारका लागी बाँकेको नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीसहित चालक शान्तिनगर–५ का ४० बर्षीय इन्द्र बहादु घर्तीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्