Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१४ जेष्ठ २०८१, सोमबार ११:३९
पढ्न लाग्ने समय :

दाङ तुलसीपुरबाट सल्यान जाँदै गरेको मिनी ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु

सल्यान, १४ जेठ । दाङको तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ  भने एक जना घाइते छन् । मृत्यु हुनेमा चालक  छत्रेश्वरी गाउँपालिका – ६ का २७ बर्षीय चालक सुकलाल घर्ती रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ  । घर्तीले चलाएको रा १ ख १९१६ नम्बरको मिनी ट्रकको एकाएक टायर हेड भाँचिएपछि जिल्लाको कपुरकोट गाउँपालिका – ३ स्थित अरिंगालेफेदीमा गएराति सवा ९ बजेतिर दुर्घटनामा परेको थियो । डुडिरहेको ट्रकको टायर हेड भाँचिएपछि चालक आत्तिएर हाम फाल्ने क्रममा सोही ट्रकले च्यापेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मिनी ट्रक अनियन्त्रित भइ सडकदेखि झन्डै तीन मिटर तल खसेको थियो । दुर्घटनामा परि सल्यानकै बनगाड कुपिण्डे नगरपालिका – ९ का सहचालक २१बर्षीय तेजबहादुर बुढाथोकी घाइते भएका छन् ।।

प्रतिक्रिया दिनुहोस्