अशोज १२, २०८१
पढ्न लाग्ने समय :

पहिरोमा परि ९ जनाको मृत्यु- ११ जना बेपत्ता

काठमाण्डौं, १२ असोज ।  वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण ललितपुरमा मात्रै ९ जनाको मृत्यु भएको छ । यस्तै ११ जना अझै बेपत्ता रहेका जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारीले जानकारी दिनुभयो ।

मृत्यु हुनेको पहिचान भएको छैन । डिएसपी अधिकारीका अनुसार सुरक्षाकर्मीले ललितपुरका विभिन्न ठाउँबाट २ सय ८१ जनाको उद्धार गरेका छन् ।।

प्रतिक्रिया दिनुहोस्