साउन १, २०८१
पढ्न लाग्ने समय :

पहिरोमा पुरिएर सासू–बुहारीको मृत्यु

सङ्खुवासभा, १ श्रावन ।  सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा पहिरोमा पुरिएर सासू बुहारीको मृत्यु भएको छ । पहिरोमा परी ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राईको मृत्यु भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले जानकारी दिनुभयो ।

पहिरोसँगै खसेको ठूलो ढुङ्गाले किचेर मोतिमाया र उहाँकी बुहारी समीक्षाको मृत्यु भएको हो । ढुङ्गाले किचेर २९ वर्षीया रविना राई गम्भीर घाइते हुनुभएको छ । उहाँलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताउनुभयो ।।

प्रतिक्रिया दिनुहोस्