Dangsanchar
८ चैत्र २०८१, शनिबार
२१ असार २०८१, बिहीबार १७:२१
पढ्न लाग्ने समय :

पोखरीमा डुबेर ३ बालिकाको मृत्यु

जनकपुरधाम, २० असार । धनुषामा पोखरीमा डुबेर तीन बालिकाको मृत्यु भएको छ ।
धनुषाको धनौजी गाउँपालिका– ५ बअुहर्वाको एक सार्वजनिक पोखरीमा डुबेर १० देखि १२ वर्ष उमेरका तीन बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मुस्कान खातुन, जिनत खातुन र अजमेरी खातुन रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीय घोंघा पोखरीमा चारजना बालिका नुहाउन पसेका थिए । हामफालेपछि तीनजनालाई डुबेको देखेपछि किनारमा रहेकी अर्की बालिकाले स्थानीयलाई खबर गरेकी थिइन् । त्यसपछि स्थानीय युवाले तत्कालै हामफालेर सिकिस्त अवस्थामा बालिकाहरुको उद्धार गरेका थिए ।।

प्रतिक्रिया दिनुहोस्