जेष्ठ १२, २०८१
पढ्न लाग्ने समय :

पौडी खेल्ने क्रममा दुई युवकको मृत्यु


त्रिशूली नुवाकोट, १२ जेठ ।  नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ ।
बेलकोटगढी नगरपालिका–१० स्थित तादीखोलामा पौडी खेल्ने क्रममा डुबेर बेलकोटगढी–१३ का १९ वर्षीय रोजन तामाङ र ककनी गाउँपालिका–४ का १८ वर्षीय हिमाल तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।
उहाँका अनुसार डुबेर बेहोस भएका दुवैलाई उद्धार गरेर उपचारका लागि त्रिशूली अस्पताल पुर्‍याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरे ।
तादीखोलामा पौडी खेल्न गएका छ जना युवामध्ये मृत्यु भएका दुई युवकलाई घुमाउने भन्ने स्थानबाट बगाएको थियो ।
अपराह्न २ बजेतिर डुबेको खबर पाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पुर्‍याएको थियो । पछिल्लो समय गर्मी बढेसँगै नदी तथा खोलामा पौडी खेल्न जानेक्रम बढेकाले सावधानी अपनाउन प्रहरीले अपिल गरेको छ ।।

प्रतिक्रिया दिनुहोस्