बसको ठक्करबाट १ जनाको मृत्यु

काठमाडौं, चैत १२ । काभ्रेको पनौती नगरपालिका – ७ बसपार्कस्थित सडकमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा पनाैती नगरपालिका – ४ बस्ने ललितपुर महाङकाल गाउँपालिका – २ घर भएका ७० वर्षीया मैया बजगाईंको मृत्यु भएको हो । बा. प्र. ०१–००३ क ९४८५ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उनको शिर मेमोरीयल अस्पताल बनेपामामा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।।