Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१३ भाद्र २०८१, बिहीबार १४:१८
पढ्न लाग्ने समय :

बस दुर्घटनामा परि दाङका २ जनाको मृत्यु

तुलसीपुर, १३ भदौ । दाङबाट नेपालसंजका लागि हिँडेको बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन् । बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्डको गनापुरमा यात्रुवाहक बस अनियन्त्रित भई पल्टिँदएर देर्घटना भएको प्रहरीले जनाएको छ । दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस गनापुरमा मोटरसाइकललाई जोगाउन खोज्दा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीका अनुसार ज्यान गुमाउनेमा दाङको तुलसीपुरका सन्तोष भुसाल र मानबहादुर ओली रहेका छन् ।घाइतेहरूलाई नेपालगञ्जको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा पठाइएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।।

प्रतिक्रिया दिनुहोस्