चैत्र ६, २०८१
पढ्न लाग्ने समय :

बाख्रा चराउने क्रममा लडेर १ जनाको मृत्यु

जाजरकोट, चैत ६ । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा लडेर उहाँ घाइते हुनुभएको थियो ।

उपचारका लागि आधारभूत अस्पताल लिम्सा लैजाँदै गर्दा आज बिहान उहाँको बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस्