जेष्ठ ११, २०८१
पढ्न लाग्ने समय :

बाघको आक्रमणबाट एक महिलाको मृत्यु


बर्दिया, १० जेठ ।  बर्दियामा पाटे बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा बैजनाथ गाउँपालिका–८ हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिनुभयो ।
बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन बढुवार गाउँ नजिक बाघको आक्रमणबाट रोकायको ज्यान गएकोदिदीसँगै बैजनाथबाट बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा रोकायलाई बाघले आक्रमण गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले बताउनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्