फाल्गुन २२, २०८१
पढ्न लाग्ने समय :

बेपत्ता भएको ५ दिनपछि तनहुँका महेश मृत फेला

पोखरा, फागुन २२ । तनहुँ भीमाद नगरपालिका वडा नम्बर २ धरमपानीबाट बेपत्ता ३६ वर्षीय महेश सुवेदी ५ दिनपछि मृत फेला परेका छन् । घरमा सुतिरहेका सुवेदी फागुन १७ गते बिहान बेपत्ता भएका थिए । सुवेदीको खोजीका लागि परिवार तथा आफन्तले प्रहरीमा निवेदन दिएका थिए भने तनहुँको भीमादसहित स्याङ्जातर्फ खोजी कार्य गरिरहेका थिए । भीमाद वडानम्बर २ को सालिमे पुछार र स्याङ्जाको हरिनास गाउँपालिकाको सीमामा रहेको कुलुङखोला किनारमा मृत भेटिएका हुन् ।

राति परिवारसहित सुतेका महेश बिहान कोठामा हेर्दा नदेखेपछि परिवारले खोजी थालेका थिए ।
उनी बिहान सवा ५ बजे सम्पर्कमा आएको र त्यतिबेला आफू कहाँ छु भन्ने थाहा नभएको बताएलगत्तै मोबाइल अफ भएको थियो । उनको शव खोला किनारमा भेटिएपछि घटनास्थलमा इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण केसीको टोली पुगेको थियो ।
सुवेदीको शव पोस्टमार्टमका लागि दमौली जिल्ला अस्पताल तनहुँमा राखिएको छ ।
उनको मृत्यु कारणबारे पोस्टमार्टमपछि जानकारी हुने प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्