पुस २३, २०८१
पढ्न लाग्ने समय :

भूकम्पमा परी ३२ जनाको मृत्यु

एजेन्सी, पाैष २३ । आज बिहान चीनमा गएको भूकम्पमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिन्ह्वाका अनुसार आज बिहान नेपाल–चीन सिमाना तिब्बतको दिङ्गे काउन्टीमा ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रले भने भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको बताएको छ ।

चाइना अर्थक्वेक नेटवर्क सेन्टरका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पको ठूलो झट्का महसुस भएको दिङ्गे काउन्टीमा रहेका गाउँमा धेरै घरहरू भत्किएका खबरमा उल्लेख छ । सरकारी अधिकारी तथा उद्धारकर्मीहरू भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । भत्किएका भवनमा फसेकाको उद्धार र खोजी भइरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने सिन्ह्वाले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्