Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१३ असार २०८१, बुधबार १९:०९
पढ्न लाग्ने समय :

मनसुनजन्य विपद्‌बाट २८ जनाको मृत्यु


काठमाडौं, १२ असार । नेपालमा मनसुन भित्रिएको दिन जेठ २८ देखि असार १२ गतेसम्म २८ जनाको मृत्यु भएको छ ।

गृह मन्त्रालयको तथ्याङ्कअनुसार १७ दिनको अवधिमा मनसुनजन्य विपद्‌बाट ३३ जिल्ला प्रभावित भएका छन् । यो बीचमा १४७ वटा मनसुनजन्य घटना भएको मन्त्रालयले जनाएको छ ।

पहिरोबाट १४ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । २५ घरमा पूर्ण क्षति भएको छ । १० घरमा पहिरोले आंशिक क्षति पुर्‍याएको छ ।
पहिरोले संखुवासभामा एक, ताप्लेजुङमा पाँच, ओखलढुङ्गामा एक, लमजुङमा पाँच र कास्कीमा दुई जनाको मृत्यु भएको छ ।।

प्रतिक्रिया दिनुहोस्