माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु

गुल्मी, ८ बैशाख । बडीगाड खोलामा माछा मार्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ ।
सत्यवती गाउँपालिका-६ खैरेनी निवासी १४ वर्षका युवराजदिन मियाँको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरलले जानकारी दिनु भएको छ ।
शुक्रबार दिउँसो माछा मार्न बाडिगाड खोलामा गएका मियाँ घरमा नआएपछि खोज्ने क्रममा खोलाको किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।।