Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२५ फाल्गुन २०८१, आईतवार २०:२६
पढ्न लाग्ने समय :

मानव बेचबिखनका पाँचवटा मुद्दा लागेका दाङका एकजना पक्राउ

काठमाडौं, २५ फागुन । बमानव बेचबिखनका पाँचवटा मुद्दा लागेका अरोपितलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेमा दाङको तुलसीपुर उपमहानगरपालिका–१ का ४१ वर्षीय कमलकुमार न्यौपाने रहेको प्रहरीले जनाएको छ । उनलाई ब्युरोको टोलीले नेपाल–भारत सिमानाबाट पक्राउ गरेर आइतरबार सार्वजनिक गरेको हो ।
उनीमाथि विभिन्न देश पठाउने नाममा ठगी गरेको आरोप छ । आफूहरूलाई विभिन्न देशमा बन्धक बनाएको दाबीसहित आठ जनाले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । पक्राउ परेका न्यौपानेमाथि थप अनुसन्धान भइरहेको ब्युरोका एसपी नरेन्द्र कुँवरले जानकारी दिए ।।

प्रतिक्रिया दिनुहोस्