Dangsanchar
४ चैत्र २०८१, मंगलवार
४ जेष्ठ २०८१, शुक्रबार १६:४८
पढ्न लाग्ने समय :

मेयर कप फुटबलको फाइनलमा चन्द्रागिरि र काठमाण्डौ खेल्ने

काठमाण्डाै, ४ जेठ । काठमाण्डौ महानगरपालिका ‘उपत्यकाव्यापी खुला मेयर कप फुटबल’ प्रतियोगिताको फाइनलमा पुगेको छ । ललितपुरको च्यासल मैदानमा भएको सेमिफाइनल खेलमा मध्यपुरथिमि नगरपालिकालाई १–० ले हराउँदै काठमाण्डौ महानगरको उपाधि नजिकै पुगेको हो ।

अब काठमाण्डौ महानगरले उपाधिका लागि चन्द्रागिरि नगरपालिकासँग खेल्नेछ । अर्काे सेमिफाइनलमा महालक्ष्मी नगरपालिकालाई १–० ले हराउँदै चन्द्रागिरि फाइनलमा पुगेको हो । फाइनल खेल भाेलि हुनेछ ।

प्रतियोगिताको पहिलो खेलमा महानगरपालिकाको टिमले बूढानीलकण्ठ नगरपालिका, क्वार्टरफाइनलमा गोदावरी ‘बी’ लाई हराएको थियो ।

प्रतियोगिताको विजेता टिमले पाँच लाख, उपविजेता टिमले तीन लाख र अनुशासित टिमले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्सर, फरवार्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकलाई २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिनेछ ।।

प्रतिक्रिया दिनुहोस्