Dangsanchar
९ चैत्र २०८१, आईतवार
१९ जेष्ठ २०८१, शनिबार १६:०८
पढ्न लाग्ने समय :

यार्सागुम्बा टिप्न गएका २ जनाको मृत्यु – १ जना सिकिस्त   

मुगु, १९ जेठ । यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ ।

पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले जानकारी दिनुभयो ।

सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको उहाँले जानकारी दिनुभयो ।।

प्रतिक्रिया दिनुहोस्