जेष्ठ ६, २०८१
पढ्न लाग्ने समय :

रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु 


रोल्पा, ५ जेठ ।  रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु  भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-६  घरभइ हाल रोल्पा नगरपालिका- १ मेबाङमा बस्दै आएकी ४३ वार्षिय रुपसरी बिष्ट रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी भरत लामाले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार रोल्पा नगरपालिका-४ खाद्यटोल लिबाङस्थित पानीको ट्याङ्की बोकेर उकालोमा चढ्ने क्रममा आज राति ८ बजेको समयमा लु ३ ट ३४०२ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पछाडी तिर झरेर दुर्घटना भएको प्रहरीको आकलन रहेको छ । चालक भने सकुशल रहेको र प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ  ।  प्रहरीले दुर्घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्