रोल्पामा बसले ठक्कर दिदाँ १ जनाको मृत्यु

रोल्पा, चैत २५ । रोल्पामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका २ औल बस्ने ८० वर्षीय देवराम घर्ती रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
आज बिहान घोराहीबाट चुनबाङ पूर्वी रुकुम जाँदै गरेको रा १ ख २७७८ नम्बरको बसले घर्तीलाइ बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएको थियो । प्रहरीका अनुसार बस रुन्टिगढी गाउँपालिका ९ का प्रकाश बोहराले चलाएको थिए । बस र चालकलाइ प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जनाएको छ ।।