सर्पको टोकाइबाट एक बालकको मृत्यु

कैलाली, भदौ १७ । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया वि.कको ५ वर्षीय छोरा अरुण वि.क रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बालक वि.कलाई गएराति निजकै घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेर घाइते बनाएको र उपचारको क्रममा राति करिब २ बजे सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।।