सर्बिया पठाइदिने भन्दै ५ जनाबाट ३२ लाख रुपैयाँ ठगी गर्ने १ जना पक्राउ

काठमाण्डाै, चैत २१। वैदेशिक रोजगारीमा सर्बिया पठाइदिने भन्दै ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–५ घर भई काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका–४ बस्ने २८ वर्षीय सुरेश माक रहेका छन् । सुरेशले आकर्षक तलबको प्रलोभनमा पारी सर्बिया पठाइदिने भन्दै पाँच जनाबाट ३२ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनलाई काठमाण्डौ महानगरपालिका–६ बौद्धबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीले बताउनुभयो ।।