जेष्ठ ११, २०८२
पढ्न लाग्ने समय :

सल्यानबाट तुलसीपुर आउदै गरेको जिप दुर्घटना हुँदा ६ जना गम्भीर घाइते


दाङ, जेठ ११ । सल्यानबाट दाङको तुलसीपुर आउदै गरेको जिप दुर्घटना हुदा ६ जना गम्भीर घाइते भएका छन । घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका-४ निवासी ६२ वर्षिया भिमा बुढा, सोही ठाउँ निवासी ६७ वर्षिया मनजिता बोहरा, ३८ वर्षिया अजय बुढाथोकी, १५ वर्षिया सपना बुढाथोकी, कपुरकोट-४ निवासी ४६ वर्षिया सीता बुढा र कपुरकोट-६ निवासी ५५ वर्षिया गोरेलाल बोहरा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सल्यानको रिमबाट तुलसीपुरतर्फ आउदै गरेको लु १ ज १६३७ नम्बरको जिप दाङ-सल्यानको सिमानामा पर्ने सल्यानको कपुरकोट गाउँपालिका-३ लामिडाडा भन्ने स्थानमा आज दिउसो साढे १ बजेको समयमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि घाइते भएका ६ जनाको अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । गाडीमा १० जना सवार रहेका थिए । जिप चालक ज्ञान बहादुर महतरासहित ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ । दाङ-सल्यान सडकखण्डको बैकल्पिक मार्ग अन्तरगत पर्ने लामिडाडामा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको चालकले बताएका छन ।।

प्रतिक्रिया दिनुहोस्