चैत्र २, २०८१
पढ्न लाग्ने समय :

सल्यानमा घाँस काट्ने क्रममा खरबारीमा एक्कासी आगो लाग्दा जलेर एकजनाको मृत्यु

सल्यान, १ चैत । सल्यानमा खरबारीमा लागेको आगोले जलेर  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी गाउँपालिका–३ तिमिलेचौरका ६५ वर्षीय प्रेम बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । शुक्रबार दिउँसो करिब ३ बजेतिर श्रीमान श्रीमती घाँस काटन गएको बेला खरवारीमा अचानक आगलागी भएको थियो । आगो नियन्त्रण गर्ने क्रममा प्रेम आफैं आगलागीमा परेको प्रहरीले जनाएको छ ।

आगलागीबाट बस्नेतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक बाबुराम बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । श्रीमान श्रीमती सँगै घास काटन गएको र भिरालो खरबारीमा श्रीमान घास काटेर ओर्लन नसकेपछि श्रीमतीले गाउँलेलाई बोलाउनुभएको थियो । गाउँलेलाई बोलाएर श्रीमती पुग्दा श्रीमान आगलागीबाट मृत्यु भएको अवस्थामा भेटिनुभएको थियो । आगलागी कसरी भयो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्