Dangsanchar
८ चैत्र २०८१, शनिबार
१६ श्रावण २०८१, बुधबार १५:४९
पढ्न लाग्ने समय :

सवारी दुर्घटनामा परी एक सैनिकको मृत्यु


चितवन, १६ श्रावन ।  भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो ।

उहाँ तनहुँ भानु नगरपालिका–१२ का रहेको बताइएको छ । गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँ सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते शार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।।

प्रतिक्रिया दिनुहोस्