चैत्र ५, २०८१
पढ्न लाग्ने समय :

२५ करोड रुपैयाँ सहित १ जना पक्राउ

काठमाडौँ, चैत्र ५ । २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले डलर र युरो गरी उक्त रकमसहित एक जनालाई पक्राउ गरेको हो ।

टोखा क्षेत्रबाट रातिको समयमा एक गाडीमा लुकाइ राखिएको उक्त रकम बरामद गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको बताउँदै बस्नेतले पैसाको मात्रा धेरै भएकाले मेसिन प्रयोग गरी गन्ने काम भइरहेको बताउनुभयो ।

भेटिएको रकम नेपाली रुपैयाँअनुसार अनुमानित २५ करोड बराबरको रहेको छ । घट नाबारे विस्तृत विवरण आजै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारीमा रहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्