साउन १, २०८१
पढ्न लाग्ने समय :

३० हजार मेट्रिक टन युरिया मल आयातका लागि ठेक्का खुल्यो

काठमाण्डौ, १ श्रावन ।  सरकारले युरिया मल आयातका लागि ठेक्का खुलाएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले ३० हजार मेट्रिक टन युरिया आयात गर्नका लागि आज ठेक्का आह्वान गरेको हो । ई–बिडिङ मार्फत ३० हजार मेट्रिक टन मल खरिद गर्न लागिएको कम्पनीले जनाएको छ । बोलपत्रदाताहरूले आउँदो अगस्ट ६ तारिखसम्म कृषि समाग्री कम्पनी कुलेश्वरमा आवेदन दिइसक्नुपर्ने सूचनामा उल्लेख छ ।

अहिले ठेक्का आह्वान भएको मल आउँदो हिउँदका लागि भएको कम्पनीले जनाएको छ । बर्खाका लागि ८५ हजार मेट्रिक टन डीएपी र युरिया नेपाल भित्रिने क्रममा छ । अहिले ४३ हजार ५ सय ८ मेट्रिक टन मल मौज्दात रहेकाले अभाव नहुने कम्पनीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्