दाङको लमही सबस्टेसनमा आगलागी हुदा विद्युत अवरुद्ध
तुलसीपुर, ६ चैत । नेपाल विद्युत् प्राधिकरण अन्तर्गत प्रसारण ग्रिड कोहलपुर शाखा १३२ केभी दाङको लमही सबस्टेसनको विद्युत् कन्ट्रोल हाउसमा आज आगलागी भएको छ । विद्युत् सर्ट भई आगलागी भएको प्रारम्भिक अनुमान गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख रोषणराज पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार आगो नियन्त्रणमा लिने प्रयास जारी रहेको छ । आगलागीपछि विद्युत् आपूर्ति अवरुद्ध भएको छ । घटनास्थलमा सुरक्षाकर्मी तथा सम्बन्धित निकायको टोली परिचालन गरी आगो नियन्त्रणको प्रयास जारी रहेको बताइएको छ ।।

