Dangsanchar
४ चैत्र २०८१, मंगलवार
१५ जेष्ठ २०८१, मंगलवार २२:०५
पढ्न लाग्ने समय :

अस्ट्रेलियामा माछा मार्ने क्रममा डुबेर दुई नेपालीको मृत्यु


काठमाण्डौ, १५ जेठ ।  अस्ट्रेलियामा माछा मार्ने क्रममा समुद्रमा डुब्दा दुई जना नेपाली युवाको मृत्यु भएको छ । सिड्नी नजिकैको एक चट्टानमा बसेर बल्छीमार्फत माछा मार्ने क्रममा समुद्रमा खस्दा दुई जना नेपालीको मृत्यु भएको अस्ट्रेलियाका सञ्चारमाध्यमले जनाएका छन् ।

ज्यान गुमाउनेको परिचय खुलेको छैन । उनीहरू २२ र २५ वर्षका छन् । हिजो दिउँसो पौने ३ बजेतिर चट्टानबाट युवाहरू खसेको थाहा पाएपछि हेलिकप्टर, अत्याधुनिक उद्धार डुङ्गासहित खोजकर्ताहरू खटिएका थिए । बेलुका मात्रै उनीहरूको शव भेटिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्