चैत्र १०, २०८०
पढ्न लाग्ने समय :

गाडी दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

काठमाण्डौ, १० चैत ।  हुम्लाको अदानचुली गाउँपालिका–४ मा आज भएको गाडी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ भने पाँच जना घाइते भएका छन् ।

पाम्सको मोडमा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको तर थप विवरण नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्