Dangsanchar
४ चैत्र २०८१, मंगलवार
३ फाल्गुन २०८१, शनिबार २१:२६
पढ्न लाग्ने समय :

दाङको तुलसीपुर उपमहानगरको भवन हेर्न गएका कर्मचारी लडेर घाइते

तुलसीपुर, फागुन ३ । दाङको तुलसीपुर उपमहानगरको भवन हेर्न गएका कर्मचारी लडेर घाइते भएका छ्न । घाइते हुनेमा तुलसीपुर उपमहानगरपालिकाका जिन्सी शाखा प्रमुख तुलसीपुर-६ निवासी ४८ वर्षिय कृष्ण बहादुर वलि रहेको इलाका प्रहरी कार्यलय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो । प्रहरीका अनुसार नगरपालिकाको बन्दै गरेको भवन हेर्न गएको अवस्थामा आज बेलुका ६ बजेको समयमा उहाँ लडेर घाइते हुनुभएको हो । भवनको आठौं तलाबाट लडेर सातौ तलामा खस्दा उहाँको टाउकोमा गहिरो चोट लागेको छ । उहाँलाई राप्ती लाइफ केयर हस्पिटल तुलसीपुरमा सामान्य उपचारपछी थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्