Dangsanchar
४ चैत्र २०८१, मंगलवार
८ असार २०८१, शुक्रबार २१:५१
पढ्न लाग्ने समय :

दाङको दंगीशरणमा सिकलसेल परिक्षणका लागी २०८ जनाको रक्त नमुना संकलन


तुलसीपुर, ७ असार ।  दाङको दंगीशरणमा सिकलसेल एनिमिया परिक्षणका लागी २ सय ८ जनाको रक्त नमुना संकलन गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा हिजो बिहिबार र आज शुक्रबार गरी २ सय ८ जनाको रक्त नमुना संकलन गरिएको स्वास्थ्य शाखा प्रमुख प्रदिप योगीले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो १ सय १६ जनाको नमुना संकलन गरिएको थियो भने आज ९२ जनाको नमुना गरिएको हो ।
विशेषगरी यो रोग थारु समुदायका नागरिकलाई बढि देखिने भएकाले थारु समुदायकै नागरिकलाई मात्रै जाँच गर्नेगरी नमुना संकलन गरिएको उहाँको भनाई छ । पालिकालाई पुर्णरुपमा सिकलसेल मुक्त बनाउनका लागी यो शिविरको आयोजना गरिएको उहाँले बताउनुभयो । सिकलसेल भएका व्यक्तिबाट जन्मिने बच्चाहरुमा समेत यसको संक्रमण देखिने भएकाले पहिले नै थाहा पाउनका लागी १० देखी २२ बर्ष उमेर समुहकालाई मात्रै अहिले चेकजाँच गर्न लागिएको उहाँले बताउनुभयो । संकलन गरिएको नमुनाको रिपोर्ट आउन एकहप्ता समय लाग्ने भएको छ ।।

प्रतिक्रिया दिनुहोस्