माघ २३, २०८१
पढ्न लाग्ने समय :

दाङमा लागूऔषध सहित २ जना पक्राउ

दाङ, माघ २३ । दाङमा लागूऔषध सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१५ भिमसेन टोलमा डेरा गरी बस्ने २५  वर्षीय तनुज श्रेष्ठ र रोल्पा नगरपालिका वडा नम्बर ३ घर भई हाल घोराही उपमहानगरपालिका १५ निवासी १९ वर्षीय टेकराज गुरूङ रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी चक्र बहादुर शाहले जानकारी दिनुभयो ।

उनिहरुलाइ गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले श्रेष्ठ र गुरूङको डेरा तथा शरीर खानतलासी गर्दा १५ वटा पुडियामा राखिएको कुल तौल गर्दा २ ग्राम ५१० मिलिग्राम तथा शुद्ध तौल १ ग्राम ८४० मिलिग्राम लागूऔषध मंगलबार बरामद गरेको छ । यस बारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया दिनुहोस्