Dangsanchar
४ चैत्र २०८१, मंगलवार
२६ जेष्ठ २०८१, शनिबार १५:४९
पढ्न लाग्ने समय :

माछा मार्ने क्रममा भेटियो ग्रिनेट बम


प्यूठान, २५ जेठ ।  प्युठानको मान्डबि गाउँपालिका–३ लामाचौर स्याउलिघारीनजिकमा ग्रिनेट बम फेला परेको छ । माडि खोलामा स्थानीयहरुले माछा मार्ने क्रममा जालमा अड्केर हेर्दा बिस्फोटक प्रदार्थ ग्रिनेट फेला परेको हो । माछा मार्न गएका १५ वर्षीय शेखर पुन मगरले खेलौना मानि झुन्डाउँदै गाउँतिर लगेको देखेपछि गाउँलेहरुले संकास्पद मानी प्रहरीलाई खबर गर्दा उक्त बस्तु बिस्फोटक प्रदार्थ ग्रिनेट बम रहेको पाइएको प्रहरीले जनाएको छ ।

ग्रिनेट स्याउलिघारी गाउँको बाटोमा राखिएको थियो । नेपाली सेना घटनास्थलमा पुगि उक्त ग्रिनेट बम नियन्त्रणमा लिएको छ । ग्रिनेट आज डिस्पोजल गरिने श्री बर्द्र बहादुर गण प्युठानका गणपति रमेश थापाले जानकारी दिनुभएको छ ।।

प्रतिक्रिया दिनुहोस्