सल्यानमा  कुटपिटमा कुटपिट गरि काकाको हत्या गर्ने भतिजा पक्राउ

Views: 1000 115
0 0
Read Time:1 Minute, 41 Second


सल्यान, ११ जेठ । सल्यानमा भतिजको कुटपिटबाट काकाको मृत्यु भएको छ । शारदा नगरपालिका-६ बरला बस्ने ३१ वर्षीय हस्तबहादुर विष्ट भनिने डनराज विष्टले काका नाता पर्ने शारदा- २ स्याला बस्ने ४६ वर्षीय घनश्याम विष्टमाथि कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ । हत्‍या आरोपमा प्रहरीले हस्तबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी नवीन कार्कीले जानकारी दिनुभयो । जेठ ४ गते हस्तबहादुरले शारदा नगरपालिका ६ स्थित राप्ती राजमार्गबाट काका घनश्यामलाई तान्दै घिसार्दै घट्टेखोला पुल नजिकै कुटपिट गरी घाइते बनाएका थिए ।
घाइते घनश्यामको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यहाँ उपचार सम्भव नभएपछि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरबाट एम्बुलेन्समा घरतर्फ ल्याउने क्रममा बिहीबार बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । कुटपिट गर्ने भतिजालाई ५ गते नै पक्राउ गरी ज्यान मार्ने उद्योगमा अनुसन्धान भइरहेकोमा काकाको मृत्यु पछि  कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखी आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *