खोटाङ, ११ जेठ । बाबुको हत्या गरी दाहसंस्कार गरेको आरोपमा खोटाङका ४२ वर्षीय टिकाराम राई पक्राउ परेका छन् । सामान्य विवादमा कुटपिट गर्दा ७१ वर्षीय बाबु कृष्णकुमार राईको मृत्युको र दाहसंस्कार समेत गरिसकेको भन्ने उजुरीपछि राईलाई पक्राउ गरिएको हो । प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काका अनुसार राईलाई बिहीबार पक्राउ गरी शुक्रबार तीन दिनको म्याद थप गरी अनुसन्धान बढाएको छ ।
गत जेठ ७ गते विहान करिब दश बजेतिर बाबुको सुतिरहेकै अवस्थामा मृत फेला परेको भन्दै टिकारामले गाउँलेलाई खबर गरी दाहसंस्कार गरेको तर दाहसंस्कारको तीन दिनपछि बिहीबार विहान ६ बजे प्रहरी सञ्चारमा शंकास्पद मृत्युको जानकारी गराएपछि डिएसपी खड्काको नेतृत्वमा गएको प्रहरीले अनुसन्धान गर्नुका साथै शव उत्खनन् गरी पोष्टमार्टमका लागि दिक्तेल अस्पतालमा ल्याएको हो ।
बाबुको मृत्यु बारे आफूलाई समेत राम्ररी खबर नगरेको र टिकारामको कुटपिटकै कारण बाबुको मृत्यु भएको भन्दै भाइ नवीनकुमार राईले किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ ।
बाबुको हत्या गरी दाहसंस्कार गर्ने एकजना पक्राउ
Views: 1000 103
Read Time:1 Minute, 40 Second