काठमाण्डौ, १४ जेठ । रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश गएको आर्थिक सर्वेक्षणले देखाएको छ । फागुनसम्म ५९ लाख ६९ हजार नेपालीले वैदेशिक रोजगारमा जान श्रम स्वीकृति लिएका अर्थ मन्त्रालयले जनाएको छ । यसमध्ये पुरुष ९३ दशमलव ८ प्रतिशत र महिला ६ दशमलव २ प्रतिशत रहेका छन् । चालु आर्थिक वर्षको फागुनसम्ममा नयाँ श्रम स्वीकृति लिने दुई लाख ८५ हजार रहेका छन् । यसमध्ये पुरुष ८६ दशमलव ४ प्रतिशत र महिला १३ दशमलव ६ प्रतिशत रहेका छन् ।
आर्थिक सर्वेक्षणअनुसार गएको फागुनसम्म वैदेशिक रोजगारीका लागि ईपीएस प्रणालीमार्फत एक लाख चार हजार ६० जना नेपाली कामदार दक्षिण कोरिया गएका छन् । कतार, मलेसिया, साउदी अरब, यूएई र कुवेतमा नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यको रुपमा रहेको छ । पछिल्लो अवधिमा यूएई, जापान, मालदिभ्स, साउदी अरब र युरोपमा जाने नेपाली कामदारको सङ्ख्या पनि बढेको छ । वैदेशिक रोजगारीमा जाने नेपाली कामदारले अनिवार्य रूपमा नेपाल सरकारबाट श्रम स्वीकृत लिनुपर्ने प्रावधान छ ।।
रोजगारीका लागि साढे ५९ लाख नेपाली विदेश
Views: 1000 69
Read Time:1 Minute, 37 Second