Read Time:1 Minute, 15 Second
तुलसीपुर,१४ जेठ । हेल्पिङ ह्याण्ड फाउन्डेसनद्वारा खुल्ला रक्तदान कार्यक्रम यहि जेठ १९ गतेका दिन काठमाडौंको बसन्तपुर काल भैरव, प्राङ्णमा आयोजित हुने भएको छ । यस संस्थाको स्थापना २०७७ सालमा थापाथली,बबरमहल -११ मा भएको थियो । हेल्पिङ ह्याण्ड फाउन्डेसनका अध्यक्ष अशोक तण्डुकारले संस्थालाई बिगत ७७ सालदेखि चलाउदै आउनु भएको छ । यस संस्था भित्र २५ जनाको सद्स्यता रहेको छ । ३-३ महिनाको अन्तरालमा रक्तदान कार्यक्रम आयोजना हुँदै आएको छ । यसै गरि हरेक क्षेत्रमा रहेका बृद्धअबश्था दुखी गरिब असाए, अपाङ्गता र अनाथ बालबालिकालाई सहयोग गर्दै आएको छ । यस हेल्पिङ ह्याण्डका संस्थामा रहेका सदस्यहरुको जन्मउत्सबमा पनि बृद्वाआश्रम तथा बालआश्रमा गएर भोजन र सहयोग गर्दै आएको खगेन्द्र डाँगी (captain) ले जानकारी दिनुभएको छ ।।