0
0
Read Time:46 Second
चितवन, १६ जेठ । भरतपुरको भोजाड र कालिकाको पदमपुरको सिमानामा पर्ने टिकौली जंगलभित्र एक पुरुषको शव फेला परेको छ ।
जंगलभित्र खगेरी पुल नजिकै मंगलवार शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले बताउनु भयो ।
उहाँका अनुसार मृतक पुरुषको पहिचान खुलेको छैन । मृतकको पहिचानको लागि प्रहरीले फोटो सार्वजनिक गर्ने तयारी गरेको छ । आत्महत्या गर्न खोज्दा डोरी चुडिएर भुईमा खसेको अवस्थामा शव फेला परेको उहाँले बताउनु भयो ।।