दाङको दंगीशरणमा रोजगारका प्राविधिक गणेश डाँगीलाई वडाबाट बहिस्कार

Views: 1000 146
0 0
Read Time:2 Minute, 25 Second

तुलसीपुर, १७ जेठ ।  दाङको दंगीशरणमा रोजगारका प्राविधिकलाई वडाले काम नलगाउने घोषणा गरेको छ । वडा नम्बर २ मा प्राविधिकको कामकाज गर्नेगरी गाउँपालिकाले खटाएका रोजगारका प्राविधिक गणेश डाँगीलाई कुनैपनि हालतमा काम लगाउन नसकिने भन्दै वडाले अस्विकार गरेको हो । करारका कर्मचारीलाई प्राविधिकको काम गर्न नदिने भन्दै वडाअध्यक्ष डम्बर खत्रीले पुर्वाधार सम्बन्धि स्थायी कर्मचारीको माग गरेको बताउनुभयो । यसअघिका प्राविधिक विवादमा आएपछि त्यहाबाट पालिकामा फिर्ता बोलाइएको थियो । लामो समयदेखी वडा नम्बर २ मा प्राविधिक नहुदा योजनाका काम गर्ने सेवाग्राही अल्लमल्ल पर्ने गरेका छन् । वडाले बहिस्कार गरेपछि पालिकाले पठाएका रोजगारका प्राविधिक डाँगी पुनः पालिकामै फिर्ता भइसक्नुभएको छ । योजनाका काम रोकिने भएपछि अहिले आफुले सिफारिस भरी वडाबाट दिएपनि प्राविधिकको काम कस्ले गरेको छ भन्नेबारे जानकारी नभएको वडाअध्यक्ष खत्रीले बताउनुभयो । पालिकाले रोजगारका प्राविधिकलाई वडामा काम लगाउन भन्दै पत्र पठाएको भएपनि आफुले काम लगाउन नसकिने जवाफसहितको पत्र पालिकालाई पठाएको उहाँले बताउनुभयो ।

गाउँपालिकाका हाकिमको गैरजिम्मेवार जवाफ
यता दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिलाराम पाण्डेले भने यो विषयमा बोल्न आवश्यक नरहेको बताउनुभएको छ । जो प्राविधिकले भएपनि अहिले वडाका कामहरु गरिरहेको भन्दै यसमा बोल्न नमिल्ने उहाँले बताउनुभयो । वडाले काम लगाउन नसकिने भनेर पठाएको पत्रपनि आफुले नदेखेको उहाँको भनाई छ । पालिकाबाटै प्राविधिकले काम गरिरहेको उहाँले बताउनुभयो ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *