0
0
Read Time:37 Second
काठमाण्डाै, १७ जेठ । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुका नायब सुब्बा -नासु नरहरि खनाल घुस रकमसहित पक्राउ परेका छन् ।
जग्गा नामसारीका लागि सेवाग्राहीसँग लिएको ३० हजार घुससहित खनाललाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
।