दाङको तुलसीपुरमा अटो र मोटरसाईकल ठोक्किदा दुईजनाको मृत्यु

Views: 1000 214
0 0
Read Time:1 Minute, 19 Second


तुलसीपुर, १८ जेठ ।  तुलसीपुरमा अटोरिक्सा र मोटरसाईकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाईकल चालक बबई गाउँपालिका–४ का ३० बर्षीय राजेश भण्डारी र मोटरसाईलकमा पछाडी सवार सोही ठाउँका ३१ बर्षीय साकार केसी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

प्रहरीका अनुसार तुलसीपुर–२ कुमलगडीबाट तुलसीपुरतर्फ आउदै गरेको रा १ ह ४०९६ नम्बरको अटो र बिपरित दिशाबाट जाँदै गरेको रा ७ प २५० नम्बर मोटरसाईकल हिजो विहीबार दिउसो ४ बजेतिर तुलसीपुर–२ कुमगडी नजिकै ठोक्किदा दुर्घटना भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुको नेपालगञ्जमा उपचारको क्रममा गएराति ९ बजेको समयमा मृत्यु भएको हो । दुर्घटनामा परि अटो चालक दाङ शान्तिनगर–७ खैरेनीका ४३ बर्षीय रुद्र बहादुर थापा घाइते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको छ ।

Happy
Happy
0 %
Sad
Sad
100 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *