कृष्ण अधिकारी / तुलसीपुर, १८ जेठ । दाङको दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिमको समापन गरिएको छ । गत बैशाख १५ गतेबाट सुरु भएको एक महिने ढकिया हस्तकला उत्पादन एडभान्स तालिमको आज एक कार्यक्रमकाबिच समापन गरिएको हो । समापन कार्यक्रमलाई सम्बोधन गर्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले अहिलेको अवस्थामा यस्का खाले तालिमको अत्यन्तै आवश्यक रहेको बताउनुभयो । ढकिया बनाउनका लागी कच्चा पदार्थ यहाँ नपाइने हुदा बाँके, बर्दिया र कैलालीबाट ल्याएर दाङमै त्यसको कच्चा पदार्थ उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । कार्यक्रमको प्रमुख अथिती समेत रहनुभएका अध्यक्ष गिरीले कुनैपनि वस्तु उत्पादन गर्दा बजारीकरणमा पनि ख्याल गर्नुपर्ने बताउनुभयो । तर, यस्ता हस्तकलाका सामाग्री विक्रि हुदैन कि भनेर चिन्ता गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । यस्तै वन ऐनलाइ छिट्टै पास गर्ने समेत अध्यक्ष गिरीले बताउनुभयो । संघीयता आइसकेपनि सेना र बन स्थानीय सरकारको मातहतमा नआउदा कामको सिलसिलामा अप्ठेरो पर्ने गरेको अध्यक्ष गिरीको भनाइ छ । कार्यक्रममा वन महासंघका महासचिव शोभाकर सापकोटाले २०२९ सालमा वन ऐन आएको र तत्कालीन अवस्थामा ८ वटा सामुदायिक वनबाट शुरु गरीएको वन महासंघ नेपालमा अहिले ८ हजार सामुदायिक आबद्ध रहेको बताउनुभयो । कार्यक्रममा कार्यपालिका सदस्य मिना चौधरी, वन महासंघ दंगीशरणका अध्यक्ष शोभाकर न्यौपाने, चेम्बर अफ कमर्सका टोप बहादुर घर्ती, वडा नम्बर २ का वडा अध्यक्ष डम्बर खत्री लगायतले आ–आफ्नो भनाइ राख्नुभएको थियो । हाम्रो राजाकोट बहुउदेश्य सहकारी सस्थाका लेखा समिती संयोजक इस्वरी गौतमको स्वागत मन्तव्यबाट शुरुभएको कार्यक्रमको सहजीकरण हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी सस्थाका सचिव चक्रमिलन बिश्वकर्माले गर्नुभएको थियो ।।
दाङको दंगीशरण–२ मा ढकिया हस्तकला उत्पादन तालिमको समापन
Views: 1000 102
Read Time:2 Minute, 40 Second