रुकुम पश्चिम, १९ जेठ । रुकुम पश्चिममा निर्माणाधीन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० निवासी अन्दाजी ५२ वर्षिया नौली बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार चौरजहारी नगरपालिका–१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा घर नजिकै पुगेको बेला माथिल्लो सडकबाट आएको ढुङ्गा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो । घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीको लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । एकल महिला रहेकी मृतक बिकका एक छोरा र दुई छोरी छन् । यसअघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रुकुममा ढुङ्गाले लागेर एक महिलाको घटनास्थलमै मृत्यु
![](https://dangsanchar.com/wp-content/uploads/2024/03/sab.jpeg)
Views: 1000 104
Read Time:1 Minute, 18 Second