दाङ, १९ जेठ । तलसीपुरमा विद्यार्थी बाटै असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बोर्डङ स्कुलमा मतदान द्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल चयन गरिएको छ । तुलसीपुर ९ बेलुवामा रहेको सगरमाथा बालबाटिका बोर्डिङ स्कुलले निर्वाचनको आयोजना गरि असल नेतृत्व , व्यक्तित्व विकासका साथै क्षेमता अभिबृद्वि र प्रजातान्त्रीक प्रणालीबारे जानकारी दिन सगरमाथा बालबाटिका बोर्डङ स्कुलमा मतदान द्वारा सगरमाथा चाइल्ड क्लब र सगरमाथा क्वालिटी सर्कल चयन गरिएको हो ।
मतदान कार्यक्रममा विद्यालयको वार्षिक क्यालेन्डर अनुसार जेष्ठ १८ गते निर्वाचन सम्पन्न भएको र विद्यालय स्तरबाटै विद्यार्थीलाई सफल नेतृत्व चयन गर्न सकेमात्र सभ्य र पारदर्शी समाजको निर्माण हुन सक्ने र व्यवहारीक ज्ञानमा जोड दिदै प्रजातान्त्रीक अभ्यासले आफूमा सफल नागरीक छनोट गर्न सक्ने, उचित निर्णनय लिनुको साथसाथै पढाईमा सहयोग पुग्ने विद्यालयका प्र.अ. छवि कुमार वली बताउनुभयो । शुक्रबार बिहान ७ बजेबाट सुरू भएको निर्वाचनमा कक्षा ४ देखि १० सम्मका विध्यार्थिहरूको सकृय सहभागिता रहेको मतदान अधिकृत शरद सर्मा मज्गैयाले बताएका हुन । त्यस्तै, निर्वाचन शान्तिपुर्ण रूपमा सम्पन्न भएको अर्का मतदान अधिकृत ठाकुर डाँगीले बताउनुभयो । निर्वाचनबाट सगरमाथा चाइल्ड क्लबको अध्यक्षमा सम्राट चौधरी बिजयी भएका हुन । क्लबको उपाध्यक्षमा महेश वली, सचिवमा श्रृष्टि बस्याल, कोषाध्यक्षमा अनु रसाईली, महिला सदस्यमा विन्दु खनाल, खुल्ला सदस्यमा प्रीन्सेस गुरूङ र अनिस्का डाँगी बिजयी भएका छन् । त्यस्तै सगरमाथा क्वालिटी सर्कल तर्फ ९सिक्यूसी० को अध्यक्षमा अमित नेपाल निर्वाचित भएका हुन । सर्कलको उपाध्यक्षमा गौरव भुषाल, सचिवमा मिसन केसी, कोषाध्यक्षमा भुवन वली, महिला सदस्यमा मनिसा वली, खुल्ला सदस्यमा अञ्जली विक र शैलेस केसी बिजयी भएका हुन् ।।
सगरमाथा बोर्डिङ स्कुलमा निर्वाचनद्वारा सगरमाथा क्वालिटी चयन
Views: 1000 95
Read Time:3 Minute, 2 Second