ढुङ्गाले लागेर एक महिलाको मृत्यु

Views: 1000 61
0 0
Read Time:1 Minute, 18 Second

रुकुम पश्चिम, १९ जेठ ।  रुकुम पश्चिममा निर्माणाधीन सडकको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० निवासी अन्दाजी ५२ वर्षिया नौली बिक रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार शुक्रबार चौरजहारी नगरपालिका–१३ स्थित आफन्तको घरबाट फर्कने क्रममा घर नजिकै पुगेको बेला माथिल्लो सडकबाट आएको ढुङ्गा लागेर उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

घडेरी–घण्ठाना–तिमीले–चिन्तु कृषि सडक स्तरोन्नतीको लागि उक्त स्थानमा डोजरले बाटो खनिरहेको छ । करिब १५० मिटर तलको बाटो हिडिरहेको बेला निर्माणाधिन सोहि सडकबाट आएको ढुङ्गाले लागेर उहाँको मृत्यु भएको हो । एकल महिला रहेकी मृतक बिकका एक छोरा र दुई छोरी छन् । यसअघि पनि सोहि सडक निर्माणको क्रममा एक बालकको मृत्यु भएको थियो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *