दाङको दंगीशरण–६ मा २ करोड भन्दा धेरै लगानीमा सडक स्तरउन्नतीको काम गरिदै

Views: 1000 119
0 0
Read Time:2 Minute, 36 Second

तुलसीपुर, १९ जेठ । दाङको दंगीशरण गाउँपालिका–६ मा २ करोड रुपैयाँ भन्दा धेरै बजेटबाट सडक स्तरउन्नती गर्न थालिएको छ । चालु आर्थीक बर्ष २०८०/०८१ को बजेटमार्फत विभिन्न निकायबाट विनियोजन भएको २ करोड ३५ लाख लागतमा छुट्टाछुट्टै निर्माण व्यवसायीमार्फत सडकको काम अगाडी बढाइएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश पुर्वाधार विकास कार्यालयबाट विनियोजन भएको १ करोड ३० लाख बजेटबाट एमके बिल्र्डसले काम गरिरहेको छ । राजपुरको सिस्वानीदेखी खानेपानी ट्याङ्की चोकसम्म ७ सय ४० मिटर पक्की नाला निर्माण गर्ने, ३ सय १० मिटर मेसिनरी वाल लगाउने र आवश्यवकता अनुसार हेमपाइप राख्ने गरी प्रदेश पुर्वाधार विकास कार्यालयसँग सम्झौता भएको एमके बिल्र्डसका सञ्चालक बिक्रम वलीले बताउनुभयो ।अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको भन्दै अब एक हप्ता भित्रै निर्माण सम्पन्न हुने उहाँले बताउनुभयो ।

यस्तै पालिकाको चालु आर्थीक बर्ष २०८०/०८१ को बजेटमार्फत विनियोजन भएको ६० लाख बजेटबाट सोही सडक अन्र्तगत पर्ने राजपुर खानेपानी ट्याङ्कीदेखी तलतिर प्रमोद निर्माण सेवाले काम गरिरहेको छ । १ किलो मिटर आरसिसि नाला, ३ ठाउँमा कल्भर्ट, माटो फिलिङ र ग्राभिलको काम गर्नेगरी पालिकासँग सम्झौता भएको प्रमोद निर्माण सेवाका सञ्चालक प्रदिप केसीले बताउनुभयो । अहिलेसम्म ८५ प्रतिशत काम सम्पन्न भइसकेको उहाँको भनाई छ । यसैगरी सहरी विकास तथा भवन कार्यालय दाङबाट विनियोजन भएको ३० लाख बजेटबाट त्यो भन्दा पश्चिमतिरको जिम्मा ठेकेदार शुवर्ण योगीले लिएका छन् भने पालिकाकै १५ लाख बजेटबाट जिवन वलीले सोही सडकमा काम गरिरहेका छन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *