Read Time:1 Minute, 4 Second
काठमाण्डौ, १९ जेठ । ललितपुरमा मोटरसाइकल र स्कुटर ठोक्किएर भएको दुर्घटनामा दुई जनाको ज्यान गएको छ । गएराति साढे १२ बजे ललितपुरको महालक्ष्मी नगरपालिका वडा नम्बर ४ टेम्पो पार्क नजिक बा ८३ प ५२६७ नम्बरको मोटरसाइकल र बा ५६ प ५०५६ नम्बरको स्कुटर ठोक्किँदा दुवै सवारी साधनका चालकको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
ज्यान गुमाउनेमा स्कुटर चालक काठमाण्डौको साँखु घर भई डल्लु बस्ने २१ वर्षका आयुष श्रेष्ठ र मोटरसाइकलका चालक खोटाङको साकेला घर भई ललितपुरको लुभु बस्ने २६ वर्षका लकेश राई रहेका छन् । दुर्घटनामा घाइते भएका श्रेष्ठको किष्ट अस्पतालमा र राीको बिएण्डबी हस्पिटलमा उपचारका क्रममा बिहान ज्यान गएको हो ।।