Read Time:1 Minute, 12 Second
रोल्पा, २१ जेठ । राेल्पाकाे माडी खाेलामा डुबेर एक बालकको मृत्युु भएको छ । परिवर्तन गाउँपालिका वडा न. ६ चप्का स्थित माडी खोलामा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ ।
मृत्यु हुनेमा बुबा किरण पुनका २८ महिनाका छाेरा अनक पुन रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख प्रहरी नायव उपरीक्षक भरत लामाले बताउनुभएको छ ।
शनिबार बेलुका ६ बजेतिर घरदेखि तल १० मिटर तल खाेला किनारकाे झाडीमा अडकिएकाे अवस्थामा बालकको शव फेला परेको डिएसपी लामाले बताउनुभएको छ ।
बुवा किरण वैदेशिक राेजगारमा कुवेतमा रहेको र आमा संगीता बाँठा माइतमा बस्दै आएकाे र मृतक बालक हजुरआमा सग बस्दै आएकाे पाइएको छ । शव पोष्टमाटका लागि जिल्ला अस्पताल रेउघा पठाइएको डिएसपी लामाले बताउनुभएको छ ।।