दाङको दंगीशरणमा–६ मा ३१ बर्षदेखी अलपत्र भवन मर्मत गरी स्वास्थ्य इकाई  बनाइदै

Views: 1000 101
0 0
Read Time:1 Minute, 56 Second


तुलसीपुर, २२ जेठ ।  दाङको दंगीशरण गाउँपालिका–६ मा लामो समयदेखी अलपत्र अवस्थामा रहेको भवनलाई मर्मत गरी सञ्चालनमा ल्याउन लागिएको छ । विगत ३१ बर्ष अगाडी प्रशड्डुवामा निर्माण गरिएको एकतले पक्की भवन अहिलेसम्म अलपत्र अवस्थामा रहेको थियो । अहिले मर्मत सम्भार गरेर सामुदायीक स्वास्थ्य इकाईका रुपमा सञ्चालनमा ल्याउन लागिएको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । वडाको पहलमा चालु आर्थीक बर्ष २०८०/०८१ को बजेटमार्फत लुम्बिनी प्रदेश सरकारबाट विनियोजन भएको १५ लाख रुपैयाँमा मर्मतको काम गरिएको उहाँले बताउनुभयो ।

आफु जेसिसको अध्यक्ष हुदा २०५० सालमा उक्त भवन निर्माण गरिएको तुलसी पेट्रोल पम्पका सञ्चालक बल्देव शर्माले बताउनुभयो । जेसिसको छुट्टै प्रोजेक्ट मार्फत स्वास्थ्य क्लिनिकका रुपमा भवन निर्माण गरिएपनि कार्यक्रम सकिएपछी भवन प्रयोगबिहिन अवस्थामा थियो । अहिले वडाको पहलमा महिला, पुरुष र अपांगमन्त्री शौचालय निर्माण गर्नुका साथै भवन मर्मतको काम समेत लगभग सकिएकाले अब उद्घाटन गरेर स्वास्थ्य केन्द्र स्थापना गर्ने वडाअध्यक्ष शाहको भनाई छ । स्वास्थ्य इकाई स्थापना भएसँगै वडाबासी नागरिकलाई सामान्य स्वास्थ्य सेवाका लागी बागर नै पुग्नुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ ।।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *